Incident Reports

स्वदेशी तथा विदेशी गरी छ हजार मात्रै पर्यवेक्षक काममा खटिए l

2013-11-03

Bagmati, Lalitpur, Godawari

Ramesh Prasad Timalsina ललितपुर । ०७० कात्तिक १८ गते, निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका तीन गरी ५७ ओटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्रदान गरेको कात्तिक १७ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यि मध्ये अहिलेसम्म अन्तर्राष्ट्रिय संस्थातर्फ २ सय २५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिइसकेको र ३० ओटा राष्ट्रिय पर्यवेक्षक संस्थाबाट पाँच हजार पाँच सय ८७ जना पर्यवेक्षक परिचालित भएको जानकारी दिएको हो । पर्यवेक्षणका लागि आवेदन बुझाउने सँस्थाहरूले झण्डै ७५ हजार पर्यवेक्षकका लागि अनुमति माग गरी पूर्व स्वीकृति लिइसकेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सहभागी हुनेहरूका लागि देशैभरमा तीन सय २३ अस्थायी मतदान केन्द्र कायम गरेको पनि जनाएका छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis