Incident Reports

मन्त्रीको विरोध गर्दै प्रदर्शन

2019-03-17

Province 1, Sunsari, Dharan, Ward 18

विपिका उपकुलपतिबाट प्रा.डा. राजकुमार रौनियारलाई पदमुक्त गरेपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आइपुगेका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको विरोधमा १८ नं. वडाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।धरान १८ का वडाध्यक्ष प्रविण राई सहित करिब २ सयको संख्यामा रहेका युवाहरुले मन्त्री यादवको कदम विरुद्ध नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरुले प्रतिष्ठानको मुख्य प्रवेशद्वार अघि 'रकमको चलखेलमा भिसिको नियुक्ति बन्द गर', 'प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर', 'अख्तियारमा रहेको विचाराधिन मुद्दा तत्काल छानविन गर' लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

मन्त्री फेरिने वित्तिकै विपिको उपकुलपती फेर्ने र विपि प्रतिष्ठानलाई प्रयोगशाला बनाएर आफ्नो अभिष्ट पुरा गर्ने परिपाटी भएको भन्दै प्रदर्शनकारीले विरोध जनाएका थिए । नियम भित्र रहेर मन्त्री र विपिका पदाधिकारीले काम गरुन् र सर्वसाधारण जनताले सर्वसुलभ रुपमा सेवा पाउन् भन्ने कुराको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको वडाध्यक्ष राईले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
Local Newspaper - Sunsari

0 Comments