Incident Reports

रसुवामा आचारसंहिता उल्लङ्घन l

2013-11-03

Hemnath Khatiwada रसुवा । ०७० कात्तिक १७ गते, संविधानसभाको निर्वाचनको प्रचारको क्रममा जिल्लामा कृयाशिल राजनीतिक दलहरूले निर्वाचनको आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत कार्य हुँदा पनि निर्वाचनसँग सम्बन्धित निकायले दलको ध्यानाकषर्ण गराउन सकेका छैनन् । संविधानसभा सदस्य निर्वाचन स्वच्छ र मर्यादित बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको थियो । निर्वाचन आयोगले लागू गरेको आचारसंहितना पालना गर्ने जनाए पनि यहाँका राजनीतिक दलहरूबाट पालना भएको छैन । जिल्ला सदरमुकाममा तथा जिल्लाको उत्तरी स्याफ्रुबेशीमा भएको कार्यक्रम र उत्तरी क्षेत्रको चुनावी अभियानमा एमाओवादीले ठूला झण्डा, ब्यानर तथा चाडबाडको नाममा भोज भतेर समेतलगाएका छन् । उनीहरूले गाउँमा भोज गर्दै भोट माग्दै हिंडका छन् । असोज २२ गतेदेखि नै निर्वाचन आयोगले चिया पान तथा भोज भतेर गर्न नपाउने गरी प्रतिबन्ध लगाए पनि त्यसको पालना भएको छैन । चियापान गर्ने नाममा राँगा काटेर गाउँमा भोज गर्नु निर्वाचन आचार संहिता विपरीत भएको निर्वाचन पर्यवेक्षकहरू बताउँछन् । ठूला झण्डा राखेर मोटरसाईकल र गाडीहरू पनि उम्मेदवारहरूले प्रयोग गरेको पाईएको छ । जिल्लाको उत्तरी क्षेत्रमा एमाओवादीका उम्मेदवार प्रेम तामाङ र नेपाली काङ्ग्रेसका उम्मेदवार लामाकार्पु तामाङले र दक्षिणको केही क्षेत्रमा अन्य दलका नेताहरूले पनि निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । नेपाली काङ्गेस र एमालेले रङ्गनि शुभकामना कार्डहरू प्रयोग गरेका छन् । एनेकपा माओवादी र एमाले उम्मेदवार जर्नादन ढकालले चुनाव चिह्न अंकित ज्याकेट र टोपीको पनि प्रयोग गरेका छन् । केही साना दलहरूले पनि निर्वाचनको आचार संहिता उलङ्घन गरेका छन् । धैबुङ्ग गाविस-७ घुम्ति बजारमा अन्य पार्टीको निर्वाचन प्रचारका लागि टाँसेको पोष्टरमाथि एमाओवादीका उम्मेदवारको पोष्टर टाँसेरका छन् । हेमनाथ खतिवडा

0 Comments

Related Reports
Related Trend Analysis