Incident Reports

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित

2019-06-29

Karnali, Humla, Kharpunath, Ward 5

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ ।

१ सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा असार १४ गते अज्ञात पक्षले तोडफोड गरेको थियो ।

सदरमुकाम सिमकोटबाट आठ कोश टाढा रहेको सो विद्यालयमा अज्ञात पक्षले तोडफोड गर्नुका साथै विद्यार्थीले पढ्ने कम्प्युटर लगेपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए ।

विद्यालयको ढोका, झ्याल, टेबुल, बेञ्चसमेत तोडफोड गर्नुका साथै विद्यालयमा रहेका पाँचओटा कम्प्युटर लगेपछि विद्यार्थीलाई बसेर पढ्न समेत समस्या भएको प्रधानाध्यापक शाहीले बताए ।

विद्यालयको कम्प्युटर लगेपछि अर्धवार्षिक र वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिनलाई समस्या हुने प्रधानाध्यापक शाहीको भनाई छ ।

गाउँबाट टाढा रहेको विद्यालयमा भएको घटनाका बारेमा स्थानीय याङचु प्रहरी चौकीलाई जानकारी घटना लगत्तै जानकारी गराए पनि हालसम्म संलग्न पक्षका बारेमा पत्ता लाग्न नसकेको चौकीका असई झकबहादुर धामीले बताए  ।


नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports