Incident Reports

एमाओवादीद्वारा आचारसंहिताको उल्लङ्घन l

2013-11-06

Province 1, Jhapa, Damak

Arjun Basnet झापा । ०७० कात्तिक २० गते, एमाओवादीका शिर्षनेताहरूद्वारा जिल्लामा चुनावी सभा गर्ने क्रममा सयौँ सवारी साधनको प्रयोग गरी कात्तिक २० गते निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन् । यसरी आचारसंहिता उल्लङ्घन गर्नेहरूमा एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ रहेका छन् । मेचीनगर नपाको काँकरभिट्टामा भएको सभाबाट अपराह्न दमकमा भएको जनसभालाई सम्बोधन गर्न जानेक्रममा राजमार्ग करिब १ सय भन्दा बढी चारचक्के सवारी साधनहरू कार, जीप, ट्रक, बस लगायतका साधनहरूमा झण्डा, ब्यानर, चुनाव चिन्ह अंकित झण्डा र तुल प्रयोग गरी आचारसंहिताको उल्लङ्घन गरेका हुन् । यसैगरी, जनसभा भन्दा पूर्व दमक स्थित मारवाडी सेवा सदनमा सयौँको संख्यामा भेला भएका सर्वसाधारणहरूलाई भोज खुवाएको इन्सेकका जिल्ला संयोजक लक्ष्मी निरौलाले वताएका छन् । घटनाको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुगमन प्रमुख मदन पौडेलले हालसम्म कुनै पनि उजुरी नपरेकोले कुनै पनि दललाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कुनै कारबाही प्रकृया अघि नबढेको बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis