Incident Reports

बलात्कारका आरोपित थुनामा l

2013-11-27

Bagmati, Makawanpur, Manahari

Pratap Bista एक ६ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले मङसिर ११ गते हाँडीखोला गाविस-१ का ३८ वर्षीय वीरमान घलानलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीकेा इजलाशले बालिकालाई बलात्कार गरेको आरोपमा घलानलाई थुनामा राख्ने आदेश दिएको हो । घलानले घरमा वालिकामात्र भएको अवसर छोपेर कात्तिक १५ गते वलात्कार गरेको आरोपमा पीडितका आफन्तले सोही दिन प्रहरीमा जाहेरी दिएका थिए । वालिकाको आमा वावु खेतवारीमा काम गरिरहेको अवस्थामा आरोपित घलान पीडित बालिकाको घर भित्र पसेर बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis