Incident Reports

रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ

2019-07-31

Madhes, Rautahat, Chandrapur, Ward 4

रौतहट । रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ ।जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव माओवादीका चारजना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार  टेकान टोलका  मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला  प्रहरी कार्यालय, रौतहट स्रोतले जनाएको छ ।पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने  घिसिङ गाउँमै प्रेस हाउस कुखराको मासुु बेच्ने काम गर्दै आएका थिए ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Police website , Local Newspaper - Dhanusha

0 Comments