Incident Reports

मोरङमा एनसेल टावरमा आगजनी

2019-08-01

Province 1, Morang, Pathari Shanishchare, Ward 6

अज्ञात समूहले मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मंगलबारेमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरेको छ। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा सामान्य क्षति पुगेको छ।

केही तारहरु जलेका छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार पेट्रोल छर्किएर  जुटको बोरा प्रयोग गर्दै आगो लगाइए पनि त्यसले ठूलो क्षति भने भएको छैन।तारले घेराबारा गरेको ठाउँको गेट फुटाएर कम्पाउण्डभित्र पसेर आगजनी गरिएको उनले बताए।

'घटनाको प्रकृति हेर्दा ठूलै क्षति पुर्‍याउने योजना देखिन्छ,' अधिकारीले भने, 'तर क्षति सामान्य मात्रै भयो।' घटनास्थलमा आगजनीका लागि पेट्रोल बोक्न प्रयोग गरिएको प्लाष्टिकको बोतल फेला परेको छ।

बिहीबार बिहान ७ बजे स्थानीयले आगजनी गरिएको देखेर प्रहरीलाई खबर गरेका थिए। स्थानीय बालकृष्ण दाहालको जग्गा भाडामा लिएर एनसेल टावर राखिएको थियो।डीएसपी अधिकारीले आगजनी गर्नेको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान थालिएको जनाए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments