Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2019-08-04

एनसेल कम्पनीको टावरमा आगजानी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले प्रतिबन्धित नेकपाका जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ ।

साउन १५ गते एनसेलको टावरमा आगजानी गरेको आरोपमा पर्वत प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४३ वर्षीय विश्वप्रकाश जङ्ग लामिछानेलाई गिरफ्तार गरेको हो ।

साउन १५ गते बुधबार राति मोदी गाउँपालिका–६ तिलाहारको थानाकोट भन्ने स्थानमा रहेको एनसेल कम्पनीको टावरमा आगजानी भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सोही ठाउँका लामिछानेलाई साउन १८ गते गिरफ्तार गरेको जनाएको छ ।

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Parsa

0 Comments