Incident Reports

विप्लवको रामेछाप जिल्ला इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ

2019-08-05

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्ला इन्चार्ज यादव ढुङ्गेलसहित तीन कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार रामेछाप जिल्ला इन्चार्ज ढुङ्गेलसहित काभ्रेका सुन्दर रायमाझी र अनिल रायमाझीलाई धुलिखेलबाट पक्राउ गरिएको हो।

तीन जनालाई एनसेल टावरमा आगजनी तथा विस्फोटमा सहभागी भएको आधारमा पक्राउ गरिएको उनले बताए।

‘ढुङ्गेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा ७५११ नम्बरको पुरानो मुद्दाका आधारमा पक्राउ गरेका हौं’, उनले भने।

एसपी सापकोटाका अनुसार अन्य दुई जना पनि आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिइएको हो। दुई जनालाई शनिबार र एकजनालाई आइतबार राति पक्राउ गरिएको उनले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments