Incident Reports

धनगढी विष्फोटका घाइते डिस्चार्ज लगत्तै पक्राउ

2019-08-06

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी : धनगढीमा भएको बम विष्फोटका घाइते कञ्चनपुर बेलडाँडी गाउँपालिका ५ झिलमिला घर भएका लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ।

२० दिनसम्म प्रहरी निगरानीमै धनगढी माया मेट्रो अस्पतालमा उपचार गराइरहेका सेरेला अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ परेका हुन्। ‘बम विष्फोटमा सेरेलाको संलग्ता देखिएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक दक्षकुमार बस्नेतले भने, ‘घट्नाको थप सोधपुछ गरिने छ।’

साउन २ गते धनगढी सहिद गेट नजिक मिलन होटलमा भएको बम विष्फोटमा सेरेला घाइते भएका थिए। उनी बझाङ जयपृथ्वी नगरपालिका १४ का रामबहादुर सिंहले बोकेको बम विष्फोट हुँदा घाइते भएका थिए।

राम सिंहको साउन २ गते राति उपचारका क्रममा मृत्यु भइसकेको छ। सेरेला र सिंह सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। यसअघि बम बिस्फोटमा घाइते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

वम बिस्फोटमा धनगढी उपमहानगरपालिका ४ का स्थानीय अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाइते भएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments