Incident Reports

EC Warns Political Parties not to Organize Election Campaign in School

2013-11-08

Bardiya, Rajnitik party ka ummedhwar lai bidhlayama karyakram nagarna nirdesh. Bardiya/November 8 The Office of Election Officer has warned political parties not to organize the election related programs in school premises. It has also appealed them to remove the posters, pamphlets, banners in public areas. A team of the office of chief election officer led by chief election officer Rishi Prasad Adhikari had monitored the election constituency no-4 today. Adhikari informed that the political parties have been warned not to violate the election code of conduct and the team had also organized an interaction on how to follow it. The political parties are using the schools and other public areas for their election campaign in this constituency. Man Bahadur Chaudhary बर्दिया । ०७० कात्तिक २२ गते, बर्दिया क्षेत्र नं. ४ मा दोस्रो संविधानसभा निर्वाचनका लागि चुनाव प्रचारप्रसारको लागि विद्यालयमा कार्यक्रम नगर्न र विद्यालय तथा सार्वजनिक भवन तथा स्थानमा पोस्टर झण्डा नलगाउन साथै लगाएको स्थानबाट सम्बन्धित राजनितिक पार्टीका उम्मेदवारलाई तत्काल हटाउन निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ । क्षेत्र नं. ४ मा कातिक २२ गते निर्वाचन मुख्य अधिकृत ऋषिप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्नुको साथै सो क्षेत्रमा निर्वाचनमा भाग लिएका दल र उम्मेदवारहरूसंग आचारसंहिता पालनाको अवस्था बारेमा छलफल गरेको थियो । अनुगमनबाट पाईएको तथ्य सुचनाको आधारमा पार्टीका उम्मेदवारलाई आचारसंहिता इमान्दारी पुर्वक पालना गर्न निर्देशन दिएको निर्वाचन मुख्य अधिकृत ऋषिप्रसाद अधिकारीले बताए । सो अवसर निर्वाचन शान्तिपुर्ण र स्वच्छ रुपमा गराउनको लागि आ-आफ्नो तहबाट कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरिएको पनि प्रमुख अधिकारीले बताए । बर्दियाको क्षेत्र नं. ४ मा राजनितिक पार्टीद्वारा निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रम गर्न विद्यालयको प्रयोग बढ्दै गएको थियो । दलहरूले विद्यालय परिसरलाई सभा, सांस्कृतिक कार्यक्रम गर्न प्रयोग गर्दै आएका थिए । विशेष गरी ठुला दलको रुपमा चिनिएका एमाओवादी पार्टी, नेपाली काङ्ग्रेस पार्टी, एमाले पार्टीका उम्मेदवारबाट चुनावी प्रचारप्रसारको लागि विद्यालय प्रयोग गर्दै आएका थिए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis