Incident Reports

दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्काभेटरमा आगजनी

2019-08-10

Bagmati, Dhading, Gajuri, Ward 3

 दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्थानीयवासीले स्काभेटरमा आगजनी गरेका छन्। गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित रहेको दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएका हुन्।

पछिल्लो समय खोलामा बालुवा गिट्टीको निकासी तथा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको आरोप लगाएउँदै आक्रोशित स्थानीयले स्काभेटरमा आगजनी गरेका हुन्। खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा स्थानीयबासीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धदिङ्ले जनाएको छ।

स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न नसकेपछि थप प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय धदिंङ्गले जनाएको छ। स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ। बेपत्ताहरुसँगै नुहाउन गएका अन्य दुईजनाले भने पौडेर ज्यान जोगाएपछि घटनामा बाहिर आएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports