Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-08-08

Bagmati, Dhading, Nilakantha

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता नीलकण्ठ नगरपालिका–७ तारूखर्कका ३८ वर्षीय प्रल्हाद सिंखडालाई घरमा बसिरहेको बेला साउन २३ गते गिरफ्तार गरि हिरासतमा लिएको हो ।

पूर्वजनमुक्ति सेनाका लडाकु सिंखडाको गतिविधि अस्वाभाविक देखिएको र प्रतिबन्धित पार्टीमा लागेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिए ।

प्रतिबन्धित नेकपाले एनसेलको टावरमा आगजनी गरेपछि सिंखडालाई सोही टावर आगजनीको आरोप लगाइएको छ ।

यसैगरी प्रहरीको टोलीले नीलकण्ठ नगरपालिका–३, बीचबजारबाट साउन १७ गते ५० वर्षीय चेरोङ तामाङलाई गिरफ्तार गरेको छ ।

नीलकण्ठ नगरपालिका–८ निवासी तामाङ प्रतिबन्धित नेकपाको रसुवा जिल्ला इन्चार्ज र व्यूरो सदस्य हुन् ।

बिरामी भएर घर आएको बेला तामाङलाई गिरफ्तार गरिएको पीडित पक्षले जनाएको छ । तामाङले आफूले पार्टीमा रहन स्वास्थ्यका कारण नसेकोले सबै जिम्मेवारी छाडेर घर आएको बताएका छन् ।

प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएकाहरूले प्रतिबन्धित गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

प्रहरीले उनीहरूबारे अनुसन्धान भइरहेको र घटनाबारे यसभन्दा बढी जानाकारी दिन नमिल्ने प्रहरीले जनायो ।

उनीहरूलाई प्रहरीले गिरफ्तार गरी हिरासातमा लिएकोमा तत्काल रिहाइको लागि पहल गरिदिन अधिकारकर्मीसमक्ष प्रतिबन्धित नेकपाले साउन २६ गते अपिल गरेको छ ।

अधिकारकर्मीहरूलाई भेटेर प्रतिबन्धित नेकपाकाका कार्यकर्ताले मौखिक रूपमा यस्तो आग्रह गरेका हुन् ।


सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments