Incident Reports

प्रतिबन्धित नेकपा सम्बद्ध विद्यार्थी कार्यकर्ता गिरफ्तार

2019-08-12

Karnali, Salyan, Kumakhmalika, Ward 6

बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा सम्बद्ध अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका कुमाख गाउँपालिका इञ्चार्जलाई साउन २७ गते श्रीनगरबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा कुमाख गाउँपालिका-६ बडागाउँ बस्ने १९ वर्षीय अनिल बिक रहेका छन् । बिकले सोही गाउँपालिकामा असार ९ गते सिलिण्डर बम विष्फोट गराएको प्रहरीको आरोप रहेको छ ।

गिरफ्तार गरिएका बिकलाई हाल जिल्ला प्रहरी कार्यालय, सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

अखिल क्रान्तिकारी सल्यानले भने राजनीतिक आस्थाकै कारण विद्यार्थीलाई गिरफ्तार गर्नु निन्दनीय भएको जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments