Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-08-12

Bagmati, Chitawan, Bharatpur, Ward 3

साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

भरतपुर महानगरपालिका-३ स्थित घरमा बसिरहेको अवस्थामा रातिको करिब ८ बजेको समयमा बरालमाथि अपरिचित दुई व्यक्तिले अचानक हेल्मेट र बेल्चाले आक्रमण गरी घाइते बनाएको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न आरोपितहरूको  पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।

कुटपिटबाट टाउको र पिठँयुमा चोट लागि घाइते भएका बरालको उपचार साउन २७ गते नै भरतपुर अस्पतालमा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports