Incident Reports

घर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला, घटना शङ्कास्पद

2019-08-15

Gandaki, Baglung, Jaimuni, Ward 2

जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

सोही नगरपालिका-४ मा घर भएपनि हाल डाँडा खेत बस्दै आएकी ढकाल घर नजिकै सडकको नालीमा घोप्टो अवस्थामा मृत फेला परेकोबारे स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

ढकालका पति वैदेशिक रोजगारीका क्रममा छन् । मृतक ढकालका एक छोरा पोखरामा बस्दै आएको र एक छोरी केही दिनदेखि आफन्तकोमा बसिरहेको जानकारी आएको एसपी भट्टले बताए ।

घटना शङ्कास्पद भएकाले अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports