Incident Reports

खुकुरी प्रहारी गरी घाइते बनाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-16

Province 1, Panchthar, Kummayak, Ward 1

कुम्मायक गाउँपालिका–१ की २० वर्षीया सीता दमाई र उनकी ५० वर्षीय आमा भीमकला दमाईलाई खुकुरी प्रहारी गरी घाइते बनाएको आरोपमा सीताकका पति दमक नगरपालिका २ का ३३ वर्षीय जीवन दर्नालविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी फरार रहेका आरोपितको खोजी कार्य थालिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

आपसी विवादका क्रममा पत्नी र सासूलाई आरोपितले ससुराली घरैमा खुकुरी प्रहार गरी घाइते बनाएको स्थानीयले जानकारी दिएका छन् ।

पीडितहरूको उपचार साउन ३१ गते नै जिल्ला अस्पतालमा गरिएको छ । सीताको बायाँ हात र भीमकलाको बायाँ हातका साथै गलामा समेत चोट लागेको छ ।

पीडितहरूलाई थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
INSEC , Local Newspaper - Panchthar

0 Comments

Related Reports