Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-08-16

Lumbini, Pyuthan, Sarumarani, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माण्डवी गाउँपालिका–३ का ३८ वर्षीय मिनबहादुर हौजाली र सोही ठाँउका ३३ वर्षीय बामबहादुर बुढालाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । मिनबहादुर युवा सङ्गठनका जिल्ला अध्यक्ष र बामबहादुर उक्त पार्टीका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई सरूमानी गाउँपालिका–४ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए । उनले थप अनुसन्धान भइरहेको बताए ।रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments