Incident Reports

एकनाले भरुवा बन्दुक सहित पक्राउ

2019-08-20

Sudurpashchim, Bajhang, Bithadchir, Ward 4

बझाङ, २ भदौ    

बित्थडचिर गाउँपालिका-४ बाट एकनाले भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका-१ भाराभिडा बस्ने ४५ वर्षीय लाल बहादुर बोहरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले  से.३ प २९५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports