Incident Reports

सवारीसाधनमा तोडफोड र आगजनी गरेको आरोपमा गिरफ्तार l

2013-11-11

Bagmati, Lalitpur, Godawari

Ramesh Prasad Timalsina ललितपुर । ०७० कात्तिक २५ गते, नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले आहृवान गरेको आमहडतालका क्रममा सवारीसाधनमा तोडफोड र आगजनी र जबर्जस्ती बन्द गराउन खोज्ने ३४ जनालाई प्रहरीले कात्तिक २५ गते बिहान काठमाडौँ र ललितपुरबाट गिरफ्तार गरेको जनाएको छ । बन्दकर्ताले विरोधका कार्यक्रम शान्तिपूर्ण भने पनि देशका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाका साथै विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखेर जनतालाई त्रसित बनाउने काम भएको छ । बन्दकर्ताले कोटेश्वरको भाटभटेनी सुपरमार्केट नजिक 'नागरिक' दैनिक पत्रिकाको बा४प ४८७२ नं को पत्रिका बोकेको गाडीमा तोडफोड गरेका छन् । बन्द पूर्ण रुपमा असफल पार्न र जनजीवन सामान्य बनाउन प्रहरीले विशेष सतर्कता अपनाएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिएका छन् । उनले सडकमा चल्ने सवारी साधनलाई पूर्ण रुपमा सुरक्षाको व्यवस्था गरिएको बताउँदै बिहान अँध्यारोमा कोटेश्वर र भक्तपुरमा भएका तोडफोड र आगजनीमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको जानकारीसमेत दिएका छन् । प्रवक्ता केसीका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई दिउँसोदेखि थप प्रभावकारी बनाइनेछ, त्यसका लागि बिहानैदेखि पिनेट, मोबाइल र स्कर्टिङ गरी सवारी साधन सञ्चालन गरिएको छ । प्रहरीले काठमाडौँका विभिन्न सडक, चोक र गल्लीमा पसल खुलेका तथा बिहानैदेखि निजी सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको जनाए पनि पसलहरू फाट्टफुट्ट मात्रै खुलेका छन् । सडकमा सवारीसाधन पनि पातलो मात्रामा सञ्चलनमा आएका छन् । अज्ञात व्यक्तिले कात्तिक २४ गते राति पार्किङ गरी राखिएका तीन सवारी साधनमाथि आगजनी र तोडफोड गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ३५ सुविधानगरस्थित ट्रिटन कलेजको प्रवेशद्वार अगाडि मूल सडकमा पार्किङ गरिराखिएको बा ४ च २४३२ नंको स्यान्ट्रो गाडीमा अज्ञात व्यक्तिले कात्तिक २४ गते राति आगजनी गरेका थिए । त्यसैगरी सुविधानगरकै एपोलो स्कुल नजिक पार्किङ गरिराखिएको बा ३ च ७८२७ र बा ६ च ५५११ नंको गाडीमा पनि अज्ञात व्यक्तिले गए राति नै तोडफोड गरी क्षति पुर्‍याएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports