Incident Reports

दुईवटा बसमा लुटपाट, बस मालिकसहित तीन घाइते

2019-08-18

Sudurpashchim, Doti, Shikhar, Ward 6

डोटी : आइतबार राति डोटीमा दुईवटा यात्रुबाहक बसमा लुटपाट भएको छ। लुटपाटका क्रममा बस मालिकसहित तीन जना यात्रु घाइते भएका छन्। अछामबाट कैलालीको टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका- ६ तल्कोटमा नगद ९० हजारसहित लुटपाट भएको पीडित तेजबहादुर मल्लले बताए।

लुटेराको कुटाइबाट उनको कान, टाउको र छातीमा चोट लागेको छ।सुरुमा मल्लकै गाडीमा उनीहरुले आक्रमण गरेका थिए। 

गाडी अघि बढ्न खोज्दा पछाडीबाट ढुंगाले प्रहार गरेको मल्लले बताए।' के भयो भनेर मैले गाडी रोकेर बाहिर निस्के,' पीडित मल्लले भने, 'गाडी रोक भनेको सुन्दैनस् भनेर कानमा मुक्‍का हाने। पछि लगातार सबैले भकुरे। पैसा लगेपछि छोडे ।'

१४ वर्षको गाडी लाइनको अनुभवमा यस्तो लुटपाट पहिलोपटक भएको मल्लले बताए। मल्लको घाँटीमा रहेको सुनको सिक्री तथा सुनको औंठी समेत लुटेर लगेका छन्। तेज मल्लको गाडी त्यहाँबाट अगाडि बढेपछि १० मिनेटमा अछामबाटै मोहन मल्लको ना ५ख ७१२१ नम्बर बस पनि उनीहरुले रोके। ढुंगामुढासहित राति साढे ८ बजे बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुवरले बताए। 'एक्‍कासी गाडी रोक्न १०÷१२ जनाको समूह आयो, गुरु र साहुलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे, 'घाइते अर्जुनले भने, 'झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुंगा हानेर बाहिरबाटै आक्रमण गरे। त्यही क्रममा मलाई पनि चोट लाग्यो।' उनले साहुको कपडा च्यातेर नगद पैसा लुटेर भागे।

लुटपाटमा संलग्न शिखर नगरपालिका-८ तिलतालीका गोबिन्द रावत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रबक्ता लालबहादुर धामीले अन्य फरार युवाको खोजीकार्य भइरहेको बताए। उनले लुटपाट नभई भाडाको विषयमा गाडी मालिक र युवाहरुबीच विवाद हुँदा सामान तोडफोड भएको हुनसक्ने जानकारी दिए। तर पीडितले भने भाडाको विषयमा नभइ उनीहरुले लुट्ने निहुँमा आक्रमण गरेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports