Incident Reports

प्रतिष्ठानका डाक्टर आन्दोलित

2019-08-23

Lumbini, Dang, Ghorahi

घोराही- उपकुलपति भण्डारीले स्वतःस्फूर्तरुपमा डाक्टरलाई बिरामी जाँच्न नदिने, पटकपटक धम्की दिने, विनाकारण स्पष्टीकरण सोध्ने मानसिक तनाव दिने जस्ता कार्य गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आज बिहानैदेखि डाक्टरले अस्पतालमा बिरामी जाँच नगरी अस्पतालका प्रवेशद्वारमा धर्ना दिएर उपकुलपतिको विरुद्धमा आन्दोलन गरेका थिए।     

तत्कालीन उपक्षेत्रीय अस्पताल, प्रतिष्ठान बनेपछि उपकुलपति भण्डारीकै नेतृत्वले नियुक्त गरेका डाक्टर अहिले अस्पतालमा कार्यरत छन्। तर उपकुलपति र रजिष्टार रामप्रसाद प्याकुरेलले विनाकारण निकाल्न खोजेपछि आफूहरु आन्दोलनमा उत्रिएको डाक्टरले बताएका छन्। सबै डाक्टर आन्दोलनमा उत्रेपछि बिरामी अलपत्र परेका छन्। बिरामीको आग्रहमा डाक्टरले आज दुई घण्टा मात्रै उपचारमा खटिएको बताइएको छ।     

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा. मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले निकालेपछि उनीसँगै ११ जनाभन्दा बढी विशेषज्ञ डाक्टर आन्दोलित बनेका डाक्टरको भनाइ छ। डा. यादवले बिरामीको ल्याब टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा. यादवलाई भोलिदेखि नै अस्पतालमा नआउन भनेको बुझिएको छ।     

उपकुलपतिले डाक्टरलाई आजै निकाल्ने, भोलि नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको डाक्टर यादवले बताए। उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाइएको छ।     डा. मनोज यादव जिल्लाकै राम्रो डाक्टरका रुपमा परिचित बन्दै आएका छन्। राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धरासायी बनाउन खोजेको बिरामीले बताउँछन्। उपकुलपति भण्डारी र रजिस्टारले प्रतिष्ठानमा मनपरी गरेको त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले बताउँदै आएका छन् ।          

अहिले त्यहाँ कार्यरत डाक्टर र उपकुलपति, रजिस्टारबीच वार्ता भए पनि त्यो निकर्षमा पुग्न नसक्दा डाक्टरले प्रतिष्ठानको विरुद्धमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बुझिएको छ। रासस 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports