2019-08-24
Gandaki, Nawalparasi East, Gaidakot, Ward 3
नवलपुर : नेत्र विक्रम चन्द (विप्लव) समूहका पूर्वी नवलपरासी जिल्ला सेक्रेटरी वीरबहादुर थापालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ। कावासोती नगरपालिका-३ घर भएका थापालाई गैंडाकोटको नारायणी पुल नजिकबाट पक्राउ गरिएको हो। शनिबार साँझ पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
उनको साथबाट चन्द समूहका दस्तावेजहरु फेला परेको प्रहरीको दाबी छ। थापासँगै अहिलेसम्म पूर्वी नवलपरासीमा चन्द समूहका १० जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।
जसमध्ये पार्टी गतिविधिमा नलाग्ने जनाउँदै विज्ञप्ती निकालेका ५ जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ। अन्य पाँच जना थुनामा छन्।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |