Incident Reports

बन्दको दिन बम विष्फोट, विष्फोटमा परी एक जना घाइते

2019-08-26

Bagmati, Chitawan, Rapti, Ward 6

राप्ती नगरपालिका-६ मा पर्ने पम्फा खोलामा भदौ ९ गते दिउँसो करिब १ बजे बम विष्फोट भएको छ ।

उक्त विष्फोटमा परी स्थानीय ४५ वर्षीय राजन सिल्वाल घाइते भएका छन् । सिल्वालले शङ्कास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ९ गते आह्वान गरेको चितवन बन्दको क्रममा सोही पार्टीले विष्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

हात र छातिमा चोट लागेका सिल्वालको उपचार स्थानीय मेडिकलमा तत्कालै गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
INSEC , Local Newspaper - Chitwan

0 Comments