Incident Reports

नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

2019-08-28

Madhes, Dhanusha, Janakpur

१२ भदौ, जनकपुरधाम । जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ ।

पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’

जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ बर्षीय रोशन चौधरीलाई प्रहरी जवान यादवले कुटपिट गरेका थिए । रकम मागेको र नदिएपछि यादवले कुटपिट गरेको बालकले बताए ।

बालकलाई कुपिट गरेको भिडियो खिंच्ने सुशील कर्णलाई समेत प्रहरीले कुटपिट गरेका थिए । घटनाको विरोधमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments

Related Reports