Incident Reports

पत्रकार हमालको रिहाइको माग गर्दै प्रशासनमा धर्ना

2019-09-04

१८ भदौ, काठमाडौं । विप्लव समूहको कार्यकर्ताको आरोपमा पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।

अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ज्ञापनपत्र समेत बुझाएको छ । पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् ।

विप्लव समूहको कार्यकर्ताको आरोपमा कास्कीको सिसुवाबाट भदौ ६ गते पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुन् ।

तस्वीरहरु : युनुस गुरुङ/अनलाइनखबर

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments