Incident Reports

प्रहरी हिरासतमा महिलामाथि यातना

2019-09-03

Bagmati, Sindhupalchok, Melamchi

हत्या आरोपमा भदौ ९ गते गिरफ्तरीमा परी इलाका प्रहरी कार्यालय मेलम्चीमा थुनामा रहेकी मेलम्ची नगरपालिका–४ स्थित थकनीकी २८ वर्षीया अस्मिता तामाङलाई प्रहरीले कुटपिट गरी यातना दिएको उनले इन्सेक जिल्ला प्रतिनिधिसँग बताएकी छन् । 

भदौ १७ गते हिरासत अनुगमनको क्रममा इलाका प्रहरी कार्यालय पुगेका जिल्ला प्रतिनिधिसँग पीडित महिलाले भदौ ९ गते राति करिब ९ बजे पुरूष प्रहरीले आफूलाई हिरासत कक्षबाट कार्यालय कोठमा लगेर पाइप र लात्तीले देब्रे गोडाको तिघ्रामा निलडाम हुनेगरी कुटपिट गरी यातना दिएको बताइन् ।

प्रहरी यातनाबाट पीडित भएकी अस्मिताले दोस्रो पटक म्याद थप गर्न प्रहरीले जिल्ला अदालत लैजाँदा आफूमाथि कुटपिट भएको भन्दै जिल्ला न्यायाधीशसँग गुनासो गरेपछि  भदौ १५ गते जिल्ला न्यायाधीशको आदेशले चौतारा अस्पतालमा उनको घाउजाँच गराइएको पीडितले बाताइन् ।

यस विषयमा जानकारी नभएको र हिरासतमा कसैले यातना दिएको पाइएमा विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

आफ्नो कार्यालयको हिरासत कक्षमा कसैलाई यातना नदिइएको इलाका प्रहरी कर्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

अदालतको आदेश अनुसार घाउजाँच गराएपछि दैनिक औषधि खाइरहेकी पीडित अस्मिता तामाङले यातना विरूद्ध उजुरी गर्ने समेत इन्सेक जिल्ला प्रतिनिधिसँग बताएकी छन्   ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments