Incident Reports

निर्वाचन विरोधीको आरोपमा प्रहरीद्वारा शिक्षिका गिरफ्तार l

2013-11-11

Province 1, Ilam, Deumai

Kokila Dhakal इलाम ०७० कात्तिक २६ गते, चुनाव विरोधी गतिविधि गरेको आरोपमा इलाम चमैता गाविस-२ स्थित कमलदेवी प्राविकी शिक्षिका देवीमाया घिमिरेलाई उनकी पाँच वर्षीया छोरी प्रेक्षासहित प्रहरीले २५ गते राती गिरफ्तार गरेको छ । चमैता गाविस-३ निवासी घिमिरेलाई राती एक बजेतिर सुतिरहेकै अवस्थामा घरैबाट गिरफ्तार गरेको हो । चुनावविरोधी क्रियाकलापमा संलग्न भएको आशंकामा घिमिरेलाई अनुसन्धानका ल्याइको र अनुसन्धान भइरहेको डिएसपी भीमबहादुर दाहालले बताए । दिउँसो विद्यालय र विहान बेलुका पशुपालन र खेतीपाती र घरधन्दामा व्यस्त हुने घिमिरे निर्दोष भएको भन्दै घिमिरेका आफन्तजनले उनको तत्काल रिहाई गर्नुपर्ने माग गरेका छन् । घिमिरेका पति त्रिलोचन भनिने पुष्प भट्टराई भने नेकपा-माओवादीका जिल्ला कार्यकर्ता हुन् । घिमिरेसहित चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या इलाममा १५ पुगेको छ । जस्मा नौ जना नेकपा-माओवादी र छ जना मञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ता रहेका छन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis