Incident Reports

सञ्चारमाध्यम र दलद्वारा निर्वाचन आचासंहिता उल्लङ्घन l

2013-11-13

Mangal Begha पाँचथर । ०७० कात्तिक २७ गते, संविधानसभा सदस्य निर्वाचनको प्रचार/प्रसारका क्रममा स्थानीय सञ्चारमाध्यम र निर्वाचन पक्षधरका राजनीतिक दलहरूले संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०७० को उल्लङ्घन गरेका छन् । एमाओवादीद्वारा कात्तिक २७ गते फिदिममा आयोजित आमसभाको स्थानीय सुम्हातुलङ एफएम र सिंहलिला एफएमले प्रतक्ष्य प्रसारण गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका हुन् । माओवादीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संवोधन गरेकोसभालाई दुवै एफएमले करिब दुई घण्टा प्रतक्ष्य प्रसारण गरेका थिए । यसैगरी, नेकपा एमाले निकट अखिल नेपाल महिला संघले कात्तिक २७ गते फिदिममा आयोजना गरेको जुलुसमा बालबालिका प्रयोग भएको छ । संविधानसभा निर्वाचन २०७० को आचारसंहिताको विपरीत जुलुसमा बालबालिकाको प्रयोग गरी संघले आचारसंहिता उल्लङ्घन गरेको हो । निर्वाचनको प्रचार-प्रसारमा लागेका एमाओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमालेसहितका दलहरूले समेत विद्यालय परिसरमा चुनावी आमसभा आयोजना गरी आचारसंहिता उल्लङ्घन गरिरहेका छन् । यसैगरी, राप्रपाले रङ्गनि पोष्टर प्रकाशन गरेको छ भने मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) र नेपाल कम्युनिष्ट पार्टीले पम्प्लेट टाँस्न बालकालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घनको अनुगमन भईरहेको र दलहरूलाई सचेत गराइएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताए । मापदण्ड विपरीत राखिएका सामग्रीहरू प्रहरीको सहयोगमा हटाइएको उनले जानकारी दिए । अरुले गरेको क्रियाकलापको अनुगमन गर्ने निर्वाचन अधिकृतको कार्यालयले समेत जिल्लामा रहेको ९४ निर्वाचन स्थलमध्ये ९० ओटा विद्यालयमा तय गरेको छ । वैकल्पिक व्यवस्था नभएकोले विद्यालय प्रयोग गर्नु परेको सापकोटाले जानकारी दिए । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis