2019-06-24
प्रहरी चौकी महादेवपट्टीका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा सातजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
जीराभवानी गापा-१ महादेवपट्टी जगतियामा प्रसनि पवनकुमार झाको नेतृत्वमा रहेको टोलीले सवारी चेक जाँच गर्ने क्रममा बिआर २२ जे २०९० र नम्बर प्लेट नभएको मोटरसाइकलमा आएका भारतीयहरूको टोलीले प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, मैनाटाड थाना१ बस्ने सन्जितकुमार पटेल, शनिकुमार पटेल, बिरिन्ची सिंह, सत्यम् साहू, धनञ्जय कान, सन्दीपकुमार पटेल, अलोक सिंह रहेका छन् ।
ठोरी गापाको सुवर्णपुरबाट मदिरा सेवन गरी आउने क्रममा प्रहरीले चेकजाँच गर्दा प्रहरीमाथि उनीहरूले हातपात गरेको आरोप लगाइएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाईको लागि जिप्रका, पर्सा पठाइएको छ।
यस अघि पनि प्रहरीमाथि दुर्व्यवहारको आरोपमा जेठ ३१ गते पाँचजना भारतीय पक्राउ परेका थिए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Weapons | Unclear |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 7 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Police |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance