Incident Reports

अपहरण घटनाका आरोपित गिरफ्तार

2019-09-10

Lumbini, Rupandehi, Tillotama, Ward 7

पाँच वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्ज थाना निच्लौल ग्राममिठौरा बजार स्थायी घर भई तिलोत्तमा नपा-७ कोटिहवामा डेरा गरी बस्ने २३ वर्षीय मनिस निगमलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २१ गते बिहान घरको आँगनमा खेलिरहेको बेला घरबाट उठाएर लगेको आरोप छ ।

बालिका हराएको भन्दै बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय धकधईमा भदौ २२ गते उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधामा बालिकालाई खोज्ने क्रममा घरदेखि केही पर रोहिणी पुलको नजिकै रहेको जङ्गलबाट बालिकाको सकुशल उद्धार गरी आरोपितलाई गिरफ्तार गरेर कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC , Local Newspaper - Rupandehi

0 Comments