Incident Reports

सडकमा फेला परेका दुईओटा बम सेनाद्वारा निष्क्रिय l

2013-11-13

Lumbini, Rolpa, Rolpa

२ को कोटगाउँ गाविस-२ र ६ को बीचमा पर्ने दारबोट नजिकैको जंगलस्थित सडक खण्डमा ढालिएको रुख भएको ठाउँमा कात्तिक २७ गते दिउँसो दुई ओटा बम फेला परेको प्रहरी बताएको छ । सडकमा ढालिएको रुखमा खतरा संकेत सहित दुई ओटा बम राखिएको अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । दिउँसो २ बजेतिर स्थानीयवासीहरूले देखेपछि सुरक्षा निकायलाई सम्पर्क गरेका थिए । घटनास्थलमा गैरीगाउँ तिलामा रहेको सशस्त्र प्रहरीको टोलीले बम राखिएको पत्ता लगाएपछि सदरमुकाम लिवाङस्थित देविदत्त गणबाट गएको नेपाली सेनाको टोलीले बेलुकी साढे सात बजे मात्र बम निष्क्रिय गरेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । सो घटना स्थलमा आइडिई नामको घरेलु बम रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । बम कसले राखेको भन्ने पहिचान हुन सकेको छैन । यातायात बन्द भएको बेलामा जिल्लाको पश्चिमतिरका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचनको टोली जाने योजना रहेको र सोलाई लक्षित गरी बन्दकर्ताले सो बम राखिएको अनुमान गरे पनि निर्वाचन बहिस्कारमा रहेको नेकपा-माओवादी रोल्पाले भने बम राख्ने पार्टीको नीति नभएको प्रतिक्रिया दिएको छ । नेकपा-माओवादीका जिल्ला इन्जार्च केशबहादुर बाठा सुभासले आफ्नो पार्टी शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कारमा लागेको र बम राख्ने पार्टीको कुनै नीति र योजना नभएको बताए । जिल्ला इन्चार्ज सुभासले आफ्नो पार्टीका नेताकार्यकर्ताहरूलाई पक्राउ गराएर जबरजस्ती निर्वाचन गराउन षडयन्त्र गरेकोले निर्वाचनको नाटक गर्ने दलालकापछि लागेको कुनै तत्वले बम राखेर आतंकित बनाएको हुन सक्ने बताए । धरेन्द्र डाँगी

0 Comments

Related Reports