Incident Reports

चुनाव भोट हाल्न नजान नेकपा-माओवादीद्वारा धम्की l

2013-11-13

Lumbini, Bardiya, Gulariya

Man Bahadur Chaudhary बर्दिया । ०७० कात्तिक २७ गते संविधानसभा चुनावमा चुनाव भोट हाल्न नजान नेकपा-माओवादीले धम्की दिएको छ । बर्दिया क्षेत्र नम्वर २ महम्मदपुर गाविस-८ भैसाहीमा विश्व भनि चिनिने जगत विक र अर्का नचिनेका नेकपा-माओवादीका स्थानीय कार्यकर्ताले कात्तिक २६ गते राति गाउँमा आएर चुनाव भोट हाल्न नजानु गएमा खतरा हुन सक्ने भन्दै धम्की दिएको स्थानीयले बताए । नेकपा-माओवादीका कार्यकर्ताले आफूसँग बम लिएर आएको र स्थानीयलाई घरमा राखिदिन पनि दवाव दिएको तर आफूहरुले राख्न नमानेको पनि उनीहरुले बताए । नेकपा-माओवादीले गाउँलेलाई नजिकै रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा वम राख्नको लागि खाल्डो खन्न जान पनि दवाव दिएका थिए । तर गाउँलेले इन्कार गरेको बताए । घटनाको बारेमा स्थानीयहरुले जानकारी गराएपछि प्रहरी तत्कालै घटना स्थल पुगी विद्यालय परिसर र सो क्षेत्र वरिपरी खोजतलास गरेका थिए । बम राखिएको हुन सक्ने भन्दै विद्यालय परिसरमा झाडी फाँड्न विद्यार्थीहरुलाई जोखिमपूर्ण रुपमा लगाएको थियो । नजिकै वन नर्सरीमा चुनाव वहिष्कार लेखिएको रातो तुलब्यानर भेटिएको थियो । सो ठाउँमा भेटिएको दुई ओटा बम प्रहरीले आफैसँग लगेको स्थानीयले दावि गरे पनि प्रहरी अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी राजेन्द्र धमलाले घटनाको बारेमा केही थाहा नभएको बताए । संविधान सभाको मतदान केन्द्र नेपाल राष्ट्रिय मावि भैसाहीमा रहेको र गाउँमा भोट नहाल्न नजान धम्की दिनु र मतदान केन्द्र भएको विद्यालयमा बम राखिएको हल्लाले मतदाता त्रसित भएका छन् । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis