Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-09-09

Bagmati, Rasuwa, Gosaikunda

अछाम जिल्ला घरभई रसुवाको गोसाईकुण्ड गाउँपालिकाको थुमन स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी कृष्णा रसाइलीलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा सोही स्वास्थ्य संस्थामा कार्यतर अहेब त्रिभूवन घर्तीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गर्‍यो ।

पीडित रसाइलीलाई आरोपित अहेबले उनको कार्यकक्षमै प्रवेश गरी भदौ २२ गते अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भन्दै पीडितका ३२ वर्षीय पति कृष्ण ताम्राकारले आरोपित विरूद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रसुवामा लिखित उजुरी दिएको कार्यालयका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।

पीडित पक्षले भदौ २३ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको डिएसपी ढकालले बताए ।

कुटपिटबाट सामान्य घाइते भएकाले पीडित महिलाको उपचार नगरिएको पीडितका पति ताम्राकारले बताए ।

हेमनाथ खतिवडा


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports