Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-09-03

Province 1, Morang, Ratuwamai, Ward 7

१४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका-७ गडीझारका ४० वर्षीय डिल्लीबहादुर मगरलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।

आरोपितमाथि मुलकी अपराध संहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

पीडित बालकको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा भदौ २२ गते गरिएको छ ।

इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments