Incident Reports

बहुविवाह गरेको आरोपमा पति विरुद्ध उजुरी l

2013-11-27

Sudurpashchim, Doti, Dipayal Silgadi

Laba Dev Bhatta दिपायल सिलगढी नपा-१ का भक्त नेपालीले बहुविवाह गरी आफूलाई अलपत्र पारेको आरोपमा मङ्सिर १२ गते पीडित तुलसी नेपालीले पतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएकी छन् । पाँच वर्षपहिले विवाह गरेका भक्त नेपालीले आफू माईती गएको मौका पारी अर्को विवाह गरेकाले पतिलाई कारबाहीका लागि उजुरी दिएको पीडित नेपालीले बताईन् । प्रहरीले पीडितले निवेदन दिएलगत्तै आरोपित भक्त नेपालीलाई सोही दिन गिरफ्तार गरी हिरासतमा राखेको जनाएको छ । पीडित महिलाले प्रक्रिया पुर्‍याएर रितपुर्वकको जाहेरी ल्याएर आएमा घटनाको प्रकृति हेरी मुद्दा दर्ता गरिदिने जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत परशुराम चौधरीले बताए । लवदेव भट्ट

0 Comments

Related Reports
Related Trend Analysis