Incident Reports

बेचबिखनको आरोपमा गिरफ्तार l

2013-11-28

Province 1, Morang, Biratnagar

Dipen Neupane मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना महिलासहित तीन जनालाई प्रहरीले विराटनगरबाट मङ्सिर १३ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा हेटौँडा घर भई विराटनगर उमनपा-१५ बस्ने २७ वर्षीय प्रकाश सिवाकोटी, उनकी पत्नी २५ वर्षीया मनिषा सिवाकोटी र सोही ठाउँकी रञ्जिता भनिने २६ वर्षीया राधिका विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सई शान्तराम कार्कीका अनुसार, भारतमा बेचिएकी एक महिलाले मङ्सिर ११ गते उजुरी दिएपछि उनीहरुलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । उजुरीमा भारतमा घरेलु कामदारका लागि भन्दै बेचबिखन गरेको उल्लेख गरिएको छ । आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसारप्रसार अन्तर्गत कारबाही अघि बढाइएको छ । पीडित महिलालाई एक वर्षअघि भारतमा लगि बेश्यावृतिमा लगाइएको थियो । दीपेन नेउपाने

0 Comments