Incident Reports

वीरगञ्जका मेयर र उनकै पार्टीका कार्यकर्ताबीच कुटाकट

2019-06-26

Madhes, Parsa, Birgunj, Ward 11

अषाढ ११ गते वीरगञ्जका मेयर विजय कुमार सरावगी र समाजवादी पार्टीका कार्यकर्ता बीच कुटाकुट भएको छ । मेयर सरावगी पनि समाजवादी पार्टीका नेता हुन् ।

बुधवार नेपाल राष्ट्रिय विद्यापिठ मावि श्रीपरमा सिसिटिभी क्यामेरा जडान भएपछि उद्घाटन गर्न मेयर सरावगी  पुगेका थिए । सिसिभिटी क्यामराको उद्घाटन पश्चात विद्यालय परिसरमा निर्माणाधिन प्रादेशिक पस्तकालयको अवस्थाबारे अनुगमन गर्दै मुख्यमन्त्रीको योजना कार्यकर्ता पाल्ने काम मात्र गरिरहेको बताएपछि स्थानिय कार्यकता आक्रोशित बनेका थिए ।

मेयरले मख्यमन्त्री लालबाबु राउत गद्दीले बालुवामा पानी हाले सरह पुस्तकालयमा ५० लाख बजेट दिएको भने पछि श्रीपुरको स्थानीयको नेता अजय चौरसियासंग विवाद भएपछि स्थिति उग्र भएको थियो ।

वीरगन्ज महानगरपालिका ११ श्रीपर निवासी चौरसिया र मेयरबीच भनाभन हुँदै विवाद चर्किएपछि मेयर र उनिबीच कुटाकुट भएको पर्सा प्रहरीले जनाएको छ । सुरुमा मेयरका केही कार्यकतासंग वादविवाद भएको थियो । त्यपछि मेयर सरावगीले चौरसियामाथी हातपात गरेपछि दुवै तर्फबाट कुटाकट हुन सुरु भएको थियो ।

घटनाथल पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले चौरसियालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । चौरसिया पार्टीका जिल्ला सदस्य हुन् । उनी स्थानिय निकायको चुनावबाट तत्कालिन फोरमबाट टिकट लिएर चुनाव लडेका थिए। मुख्यमन्त्रीका नजिक मानिएका चौरसियालाई निर्माणाधीन पुस्तकालयको निर्माण गर्न गठित उपभोक्त समितिका अध्यक्ष समेत बनाइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Entity Federal Socialist party
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports