Incident Reports

ट्राफिकको कुटपिटले चालक गम्भीर घाइते

2019-09-11

Madhes, Parsa, Birgunj

सडकमै ई रिक्सा रोकेर यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले कुटपिट गर्दा वीरगन्जमा ई रिक्साका एक चालक गम्भीर घाइते भएका छन्। ट्राफिक प्रहरी नायव निरीक्षक सुरेश यादवको कुटपिटबाट ना १ ह ६६७१ नम्बरको ई रिक्साका चालक सन्तेष पटेल घाइते भएका हुन्। दाहिने कानमा घाउ लागेका चालक पटेलको वीरगन्जको गण्डक चोकमा रहेको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ। 

वीरगन्जको घण्टाघर चोकस्थित सडक छेउमा बुधबार बेलुकी पटेलले ई रिक्सा रोकेर यात्रु चढाउँदै थिए। उनलाई ट्राफिक प्रहरी नायव निरीक्षक यादवले कुटपिट गरेका थिए। 

यादवले आफूसँग रहेको वायरलेस वाकिटकी सेटले पटेलको कन्चटमा हिर्काउने क्रममा सेटको एन्टिनाको चुच्चो पटेलको कानभित्रै छिरेको थियो। कानभित्रबाट रगत बग्न थालेपछि तत्कालै पटेललाई नारायणी अस्पतालमा लगिएको थियो। 

त्यहाँ चिकित्सकले उपचार सम्भव नभएको बताएपछि पटेललाई नारायणी बयोधा अस्पतालमा लगेर भर्ना गरिएको पटेलका भाइ विकेशले बताए। 'वाकीटकी सेटको एन्टिना कानभित्रै छिरेकाले रगत बगिरहेको छ', बिहिबार अस्पतालमा भेटिएका पटेलका भाइ विकेश पटेलले भने,‘डाक्टरले अझ केहि दिन अस्पतालमै राख्न्नु पर्छ भनेका छन्।' 

पटेलले घण्टाघर चोक छेउको सडकमा ई रिक्सा रोकेर यात्रु चढाउने सुरमा रहेका बेला अचानक ट्राफिक प्रहरी नायव निरीक्षक यादवले वाकीटकी सेटले कन्चटमा हिर्काएको बताए। 

 उनले भने ,‘म आफ्नो सुरमा थिए, अचानक कसैले कन्चटमा हिर्काए, फर्किएर हेर्दा ट्राफकिका सइ रहेछन्। कान दुख्न थालेपछि हातले छाम्दा कानबाट रगत बगेको थाहा पाएँ। अहिले दाहिने हात नै चल्न सकेको छैन।' 

ट्राफिक प्रहरी विरुद्ध चालकहरुको प्रदर्शन

बिहीबार बिहान वीरगन्जको घण्टाघर चोक छेउको विपी उद्यानमा चालकहरुले थन्क्याएका ई रिक्सा र टयाम्पुहरु।  

ट्राफिक प्रहरीले चालकलाई कुटेर घाइते बनाएको विरोधमा बिहीबार वीरगन्जमा ई रिक्सा र टयाम्पु चालकहरुले आ-आफना सवारीसधान थन्क्याएर प्रदर्शन गरेका छन्।

घण्टाघर चोक नजिकैको विपी उद्यानमा ई रिक्सा र टयाम्पु थन्क्याएर चालकहरुले प्रहरीको विरोधमा प्रदर्शन गरेका हुन्। चालकहरु प्रदर्शनमा उत्रिएपछि  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह र आन्दोलनरत चालकहरु बीच वार्ता भएको थियो।

 वार्तामा चालक पेटललाई कुटपिट गर्ने प्रहरी नायव निरीक्षक यादवविरुद्ध विभागीय कार्वाही गर्ने र चालक पटेलको सम्पूर्ण उपचार खर्च प्रहरीले बेहोर्ने प्रतिबद्धता प्रहरी निरीक्षक सिंहले जनाएपछि मात्र आन्दोलनरत चालकहरुले मध्यान्ह १२ बजेदेखि ई रिक्सा र टयाम्पु सन्चालन गरेका हुन्।

प्रहरी निरीक्षक सिंहले वार्तामा प्रहरी नायव निरीक्षक यादवलाई विभागीय कार्वाही गरिने र पटेलको उपचार खर्च प्रहरीले बोहोर्ने सहमति भएपछि चालकहरुले यातायात सेवा सुचारु गरेको बताए।

 विपी उद्यानमा थन्क्याएर राखिएका  ई रिक्सा र टयाम्पु।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments