Incident Reports

बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी

2019-09-15

Sudurpashchim, Bajhang, Bithadchir

बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । देउलेक बजारमा पार्किङ गरेको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

आगजनीबाट गाँउपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडिको भागसहित इन्जिन पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन्। गाडीमा आगो कसले र किन आगो लगायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोज जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घट्नामा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेयले जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments