2019-09-15
२९ भदौ, काठमाडौं । मानव सम्बन्धमा सबैभन्दा संवेदनशील क्षण हो- मृत्यु । कसैको मृत्युपछि अन्तिम संकारका लागि मसानघाटमा पुर्याउँदा आफन्तजन मात्र होइन, जीवनभर दुश्मनीमा रहेका मान्छे पनि भावुक हुन्छन् ।
तर, काठमाडौंको चावहिल क्षेत्रमा आइतबार लक्ष्मी डंगोलका आफन्तले भने अन्तिम संकारका बेला विरोधको सामना गर्नुपर्यो । ६० वर्षीया डंगोलको शव पिंग मसानघाटमा लगियो । नेवारी परम्परा अनुसार शवगद्तको तयारी भइरहेको थियो ।
शव जलाउन नपाउने भन्दै घाट छेउमा घर भएकाहरुले विरोध गरे । मलामी गएकाहरुले परम्परागत घाटमा अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरे । अन्ततः प्रहरी नै आउनुपर्यो । प्रहरी सुरक्षामा डंगोलको दाहसंस्कार भयो । ‘शव खोसाखोस होलाजस्तो अवस्था आएपछि प्रहरी बेलाउनुपर्यो’, काठमाडौं ७ का वडाध्यक्ष शुद्ध डंगोलले अनलाइनखबरसँग भने ।
चावहिल क्षेत्रमा पछिल्लो समय यस्तो विवाद बढ्दो छ । गत मंसिरमा पनि भीममाया डंगोलको अन्त्येष्टि गर्ने क्रममा विरोध भएपछि प्रहरी नै पुग्नु परेको थियो ।
चाबहिलको पिंग र आसपासको क्षेत्रमा डंगोल र शाक्य समुदायका छुट्टाछुट्टै घाट छन् । पुस्तौंपुस्तादेखि प्रयोग गर्दै आएको घाटमा शव जलाउँदा विरोध गर्नुलाई चाःबही (चावहिल) का रैथाने नेवार समुदायले ‘घाटमाथि भएको अतिक्रमण’ मानेका छन् ।
नयाँ बासिन्दाहरु भने घरनजिकै शव जलाउँदा दुर्गन्ध फैलिने गुनासो गर्ने गरेका छन् ।
विरोधले झन समस्या
चावहिल क्षेत्रका स्थानीयका अनुसार पछिल्लो समय द्वीप -घाट)मा अन्त्येष्टि गर्ने परम्परा कम हुँदै गएको थियो । समय एकाधको शव मात्र द्वीपहरुमा लैजाने गरिन्थ्यो ।
तर, त्यसबेला विरोध हुन थालेपछि नेवार समुदाय फेरि घाटमै अन्त्येष्टि गर्ने पक्षमा देखिएका छन् । वडा नम्बर ७ का वडाध्यक्ष डंगोल भन्छन्, ‘एकाध शव लैजाँदा विरोध भएपछि हाम्रो समुदायमा द्वीपमा शव नलैजानेहरुलाई अप्ठ्यारो हुन थालेको छ ।’
उनका अनुसार घाट छेउका बासिन्दाहरुले त्यहाँ शव ल्याउन नदिन कानूनी वा अरु बाटो खोज्नुका साटो अन्त्येटिका क्रममा मात्र विरोधमा उत्रने गरेका छन् ।
गत वर्ष विवाद भएपछि काठमाडौं महानगरपालिकाले समस्याको समाधान खोज्ने बताएको थियो । मेयर विद्यासुन्दर शाक्यले परम्परा मास्न नसकिने बताएपछि थप छलफल हुन सकेन ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Demonstration |
Primary Cause | Ethnic or caste-based collective tensions |
Actor 1 - Number of people | 20 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 20 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19