Incident Reports

प्रहरीमाथी हातपात गर्ने ५ जनालाई सार्बजनिक मुद्धा

2019-09-14

बाजुरा । जिल्ला प्रहरी कार्यलयबाट डिउटीमा खटिएका प्रहरी टोलीमाथि हातपात गर्ने ५ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको । हिजो राती जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय अनन्ते मेलामा प्रहरीलाइ मरणासन्न हुने गरी ५ जनाको समुहले कुटपिट गरेका थिए । कुटपिट गर्ने सबै जनालाई सार्बजनिक शान्ति बिरुद्धको कसुर ऐन बमोजिम १० दिनको म्याद थप गरी मुद्धा दर्ता गरि हिरासतमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

बडिमालिका नगरपालिका वडा नम्बर ८ मा लागेको अनन्ते मेलाको सुरक्षाको लागि खटिएका प्रहरीमाथि माधक पदार्थ सेवन गरेर मात्तिएका पाँच जनाले हातपात गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताए ।

२८ गते साँझ मेलामा रक्सी खाएर मेला बिथाल्ने र होहल्ला गर्दै आएका राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत अमृत बोहरा, केशब गिरी, सरकारी वकिल कार्यलयका कार्यलय सहयोगी हरिशंकर न्यौपाने, बडिमालिका नगरपालिकाका ओभरसियर गोरख थापा, मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमी धनी थापालाई प्रहरीले नियन्त्रणमा लगेको ढुंगानाले बताए ।

रक्सीले मातेका युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरीमाथि जाई लागेर टोली प्रमुख प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाइ मरणसन्न हुने गरी कुटपिट गरेको ढुगांनाले बताए । उनको आखा र शरिरमा चोट लागेको र अन्य प्रहरी जवानहरुको पनि कुटपिट गरी शरिरमा चोट लागेको प्रहरी निरिक्षक ढुंगानाले बताए ।

घाइते प्रहरी सहायक निरिक्षक चन्दको गालाको दाहिने आँखाको छेउपट्टीको भागकोे हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएकाले जिल्ला नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पताल बाजुराका डाक्टर टिकाराम राईले बताएका छन् । पक्राउ गरिएका पाँच जनामा माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख ढुंगानाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports