Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित नन्द र पतिविरूद्ध प्रहरीमा उजुरी

2019-09-15

Karnali, Kalikot, Sanni Tribeni, Ward 1

सान्नीत्रिवेणी गाउँपालिका-१ की वर्षीया सज्याललाई उनका पति ३९ वर्षीय कर्ण जैसी र नन्द ३२ वर्षीया विन्दा जैसीले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।

आरोपितहरूले कथित बोक्सी लागेर पेट दुखाएको भन्दै कुटपिट गर्नुका साथै गाली बेइज्जती समेत गरेको आरोप पीडितले लगाएकी छन् ।

कुटाइबाट पीडितको टाउको र छातिमा समान्य चोट लागेकाले स्थानीय मेडिकलमा उपचार भएको छ । आरोपित लामा नाम्खा गाउँपालिका-६ मा रहेको हिमशिखर प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् ।

कथित बोक्सीको आरोपमा कुटपिट गाली बेइज्जती गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments