Incident Reports

नेकपा-माओवादीका पाँच जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता l

2013-11-14

Province 1, Jhapa, Bhadrapur

Arjun Basnet झापा । ०७० कात्तिक २८ गते निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा-माओवादीका पाँच जना कार्यकर्ताविरुद्ध प्रहरीले कात्तिक २८ गते सार्वजनिक मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएका कार्यकर्ताहरुमा नेकपा-माओवादीको युवा संगठनका जिल्ला इञ्चार्ज चन्द्रगढी गाविस-३ का नरेश सञ्जेल, जिल्ला सदस्यहरु सोही ठाउँका कुमार आचार्य, अनारमनी गाविस-३ का चेतन दहाल, पार्टी कार्यकर्ताहरु दिवाकर चौधरी र गोपाल सिटौला रहेका छन् । उनीहरु मध्ये चौधरी र सिटौलालाई इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले कात्तिक २७ गते गिरफ्तार गरेको थियो भने अन्यलाई कात्तिक २८ गते विहान जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरीले गिरफ्तार गरेका थिए । उनीहरुविरुद्ध निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा केही सार्वजनिक अपराध ऐन अर्न्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईएको डिएसपी भुवनेश्वर तिवारीले बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports