Incident Reports

मतदान केन्द्रहरुमा जाने निर्वाचन टोलीलाई लक्षित गरी दुई सडकमा बम l

2013-11-14

Lumbini, Rolpa, Rolpa, Ward 6

२ का मतदान केन्द्रहरुमा मतपेटिका सहित अगाडि र पछाडि संयुक्त सुरक्षा टोली संग गएको निर्वाचनको टोली चढेको बसलाई लक्षित गरी सडकमा बम फेला परेको डीएसपी ओमबहादुर रानाले बताए । त्यस्तै लिवाङबाट घर्तीगाउँका लागि गएको निर्वाचनको टोलीको बसलाई लक्षित गरी कोर्चावाङ गाविसको हान्निङ नजिक पर्ने सहिद मार्गमा एउटा होक्स बम फेला परेको छ । दुई स्थानमा बसको अगाडि गएको सशस्त्र प्रहरी बलको टोलीले सो बम देखेपछि नेपाली सेनाले निस्किृय पारेपछि गाडी अगाडि बढेको प्रहरीले बताएको छ । कोटगाउँमा कात्तिक २७ गते पनि सडकमा ढालिएको रुखमा दुईवटा बम भेटिएका थिए । बन्दको आहृवान गरेको निर्वाचन बहिस्कार गर्ने नेकपा-माओवादीले ती बमहरु नराखेको बताएको छ । नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासले बम राख्ने पार्टीको नीति नभएको र आफूहरुलाई दमन गर्न बम राखेको हुन सक्ने बताएका छन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis