Incident Reports

Vehicle Set on Fire

2013-11-16

Province 1, Sankhuwasabha, Panchakhapan

Sankhuwasabha, UML karyakarta lina aayeko gadima aagjani. Sankhuwasabha/November 16 An unidentified group has set fire to a vehicle (Ko1kha 2470) that had come to receive the UML cadres for an election assembly at Serjungbhir Hewakhola of JalJala VDC-4. The front part of the truck has been completely damaged. The local people had taken the fire in control and no human harm was caused. The perpetrators have not yet been ascertained. Similarly, another truck (Ko 1 Kha 2517) was also vandalized by an unidentified group on November 16 at Bana. The glass of the vehicle has been broken. Police said that the vehicle used to carry the UML cadres for election assembly at constituency no. 2 was vandalized and set on fire. Chetu Sherpa सङ्खुवासभा । ०७० मङ्सिर १ गते, जलजला गाविस-४ सेरजुङभीर हेवाखोला छेउमा एमालेको चुनावी सभाका लागि कार्यकर्ता लिन आएको को१ख २४७० नम्बरको सौराज ट्रकमा अज्ञात समूहले मंसिर १ गते बिहान आगजनी गरेका छन् । अगजनीबाट ट्रकको अगाडिको भाग पुरै जलेर क्षतिग्रस्त बनेको छ । घटनामा मानवीय क्षति नभएको र तत्काल इलाका प्रहरी कार्यालय चैनपुरको इन्स्पेक्टर विनोद निरौलाको टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको दोषीलाई कडाइका साथ खोजी कार्या भई रहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय चैनपुरको इन्स्पेक्टर विनोद निरौलाले बताए । यसैगरी, वानामा कार्यकर्ता लिन गएको को१ख २५१७ सौराज ट्रकमा अज्ञात समूहले मंसिर १ गते बिहान तोडफोड गरी हावा फ्याकी दिएका छन् । तोडफोडमा गाडीको अगाडिको सिसा फुटेको छ । एमाल क्षेत्र नं. २ कमिटीले मङ्सिर १ गते चुनावी सभाको आयोजना गरे पछि कार्यकर्ता लिन गाउँगाउँ गएका गाडीमा तोडफोड र आगजनी गरेको प्रहरीको भनाइ छ । छेटु शेर्पा

0 Comments