Incident Reports

मन्दिरमा पुजाआजा गर्न नदिएको भन्दै प्रहरीमा उजुरी l

2013-11-30

Lumbini, Gulmi, Gulmidarbar

Naresh Bhandari दरवारदेविस्थान गाविस-९ राक्सेडाँडास्थित मालिका देवी मन्दिरमा पुजागरेको निहुँमा स्थानीय दलितहरुलाई माफी मगाएको भन्दै मङ्सिर १५ गते जिल्ला प्रसाशन कार्यालयमा उजुरी दर्ता भएको छ । प्रत्येक आईतवार नियमित पुजाआजा हुँदैआएको मन्दिरमा मङ्सिर ९ गते धुप भेटी लिएर गएका पुजागर्न गएका दरवारदेविस्थान गाविस-९ नीवासी ५२ वर्षीय गोकर्ण नेपालीलाई सोही ठाउँका मोतिकुमार श्रेष्ठले लाठी देखाएर भगएको र सोही गाविस-७ निवासी ५५ वर्षीय अशोमकुमार थापाले यस्ता कृयाकलाप गरे ज्यानसम्म जाने भन्दै फोन गरी धम्की दिएको उजुरीमा उल्लेख छ । सँधै मन्दिर पछाडिको सालको रुखमा पुजा गर्दै आएका थियौँ । अब उपरान्त मन्दिर भित्रै धुप भेटी चढाउन पाउनु पर्ने माग गर्दा ज्यानैसम्म लिने धक्की आएकोले उजुरी गरेको पीडितले बताए । पीडितले मङ्सिर १५ गते बिहान पाँचबजे गोठमा काम गरिहेको समयमा मुखमा नकाबलगाएका दुईजना व्यक्ति आई बढी हुने होईन भन्दै हातबाट मोबाईल खोसी भाग्दा अझधेरै त्रास उत्पन्न भएको जानकारी दिए । जातीय भेदभाव र ज्यानमार्ने घम्की विषयको निवेदन आएको र घटना सम्बन्धमा अनुशन्धान गरी आवश्यक कारबाही चलाईने इन्स्पेक्टर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis