Incident Reports

अज्ञात पक्षद्वारा कमलबजार नगरपालिकामा बम विष्फोट

2019-09-19

Sudurpashchim, Achham, Kamalbazar

कमलबजार नगरपालिकामा अज्ञात पक्षले असोज २ गते मध्यराति प्रेसर कुकर बम विष्फोट गरेको छ ।

नगरपालिका कार्यालय अगाडि राति पौने १ बजेतिर रातो र कालो तार जोडेर करिब १ सय मिटर टाढाबाट बम विष्फोट गराइएकोजिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले पुष्टि गरे ।

कार्यालयका कागजात र सामग्री सुरक्षित रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताए ।

घटनास्थलमा कुनै पर्चा वा साङ्केतिक प्रमाण नभेटिएको र घटनाको कुनै पक्षले हालसम्म जिम्मेवारी लिएको छैन ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले बम विष्फोट गराएको हुनसक्ने भन्दै खोजी गरिरहेको प्रहरीको भनाइ छ । घटनास्थल इलाका प्रहरी कार्यालय कमलबजार भन्दा करिब ३ सय मिटर नजिक रहेको छ ।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदको निवास भित्रै गोली काण्ड, नगरपालिका गाडी जलाउने, दुई वडामा आगजनी, जिएमआर कम्पनी कार्यालय नजिक बम विष्फोट, वडामा तालाबन्दीलगायत घटना भएका थिए ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kailali

0 Comments