Incident Reports

आलम हत्याका आरोपितहरु थुनामा l

2013-12-01

Madhes, Bara, Parwanipur

Laxmi Sah Sonar एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रनम्बर ४ का तत्कालीन उम्मेदवार महमुद आलम हत्या आरोपमा एमालेकै पूर्व सभासद रामचन्द्र प्यासीसहित दुई भारतीयलाई जिल्ला अदालतले मङ्सिर १६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाका इजलासबाट परेका बन्जरिया गाविस-८ निवासी पूर्व सभासद प्यासी, भारत अलिगढ घर भई वीरगञ्ज उमनपा-४ बस्ने अतिक खान र भारत रक्सौल-४ डंकन रोडका राजु श्रीवास्तव 'बर्मा' थुनामा गएका हुन् । लिपनीमाल गाविस-१ का आलमको उम्मेदवारीको २४ घण्टा नबित्दै गत असोज १८ मा गोली प्रहारबाट उपचारको क्रममा महाराजगञ्ज शिक्षण अस्पतालमा असोज २४ मा मृत्यु भएको आरोपमा गत कात्तिक ९ मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीबाट उनीहरुलाई गिरफ्तार गरिएको थियो । तत्काल कसुरदार देखिएकाले पुर्पक्षमा पठाइएको अदालतका श्रेस्तेदार रोशन भट्टराईले बताए । उता आरोपित प्रतेवादी रामचन्द्र प्यासीको तर्फबाट अधिवक्ताहरु रमन श्रेष्ठ, कृष्णमुरारी रौनियार, मनमोहन तिम्लिसेना, ओमप्रकाश केशरी, परमहंस केशरी, रामचन्द्र सिंह, वीरेन्द्र यादवलगायत ११ जनाले आरोपीको ठोस दसी प्रमाण नभेटिएकाले परिस्थितीजन्य प्रमाणको आधारमा पुर्पक्षमा नपठाइ मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने जिकिर गरेका थिए। यसैगरी, अरु दुई जना आरोपित राजु र अतिक खानको तर्फबाट अधिवक्ता प्रभातचन्द्र दाहाल र उमेश जैसवालले बहस गरेका थिए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis